काठमाडौं । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख सन् २०२०/२१ को सिजन नाफा कमाउने एक्लो क्लब बनेको छ ।
युरोपको शीर्ष आठ लिग विजेता क्लब मध्येमा बायर्नले मात्र नाफा कमाएको एक रिपोर्टमा देखिएको छ ।
कोभिड-१९ को महामारीको अवस्थामा समेत बायर्नले नाफा कमाएको केपीएमजीको रिपोर्टले देखाएको छ ।
बायर्नले २०२०/२१ को सिजन १.८ मिलियन युरो नाफा कमाएको हो ।
यस्तै प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले २०२०/२१ को सिजन कुल ६ सय ४४ मिलियन युरो आम्दानी गरेको छ । सिटीले अघिल्लो वर्षको भन्दा ९६ मिलियन युरो बढी आम्दानी गरेको हो ।
इटालियन सिरी ए च्याम्पियन इन्टर मिलानले २४५.६ मिलियन युरो घाटा व्यहोरेको छ ।
स्पेनिस च्याम्पियन एट्लेटिको मड्रिडले १.८ मिलियन युरो गुमाएको छ ।