काठमाडौं । प्रिमियर लिग क्लब एस्टन भिल्लाले ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होलाई सार्वजनिक गरेको छ ।
भिल्लाले औपचारिक अनुबन्ध पूरा गर्दै कोउटिन्होलाई सार्वजनिक गरेको हो ।
कोउटिन्होले भिल्लामा २३ नम्बरको जर्सी लगाउने छन् ।
२९ वर्षीय मिडफिल्डर स्पेनिस क्लब बार्सिलोनाबाट लोनमा प्रिमियर लिग फर्किएका हुन् ।
बार्सिलोनाले कोउटिन्होलाई यस सिजनको अन्तिम सम्मका लागि भिल्लामा लोनमा पठाएको हो ।
स्टेफन जेरार्ड व्यवस्थापक रहेको भिल्लाले शुक्रबार कोउटिन्होलाई लोनमा अनुबन्ध गरिएको जनाएको थियो ।
जेरार्ड र कोउटिन्होले लिभरपुलमा सँगै खेलेका थिए ।
कोउटिन्हो २०१८ मा लिभरपुलबाट स्पेनिस क्लब गएका थिए ।