काठमाडौं । अफ्रीका कप अफ नेसन्समा नाइजेरियाले सुखद सुरुआत गरेको छ ।
मंगलबार राति भएको खेलमा इजिप्टलाई १-० गोल अन्तरले हराउँदै नाइजेरियाले सुखद सुरुआत गरेको हो ।
नाइजेरियाको जितमा केलिची इहानाचोले निर्णायक गोल गरे ।
लेस्टर सिटीका फरवार्डले खेलको ३० औं मिनेटमा गोल गरेका थिए ।
जुन गोल नाइजेरियाको जितमा निर्णायक बन्यो ।
यस जितसँगै समूह डी को नाइजेरियाले ३ अंक जोडेको छ ।
नाइजेरिया शीर्ष स्थानमा रहेको छ ।
इजिप्टले भने हारबाट सिजनको सुरुआत गरेको छ ।