काठमाडौं । साविक विजेता अल्जेरिया अफ्रीका कप अफ नेसन्सको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।
मंगलबार भएको खेलमा अल्जेरिया सिएरा लियोनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
रियाद महरेजको कप्तानीमा रहेको अल्जेरियाले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो ।
यस बराबरीसँगै समूह ई को अल्जेरियाले पहिलो खेलमा १ अंक जोडेको छ ।
अल्जेरिया समूहको शीर्ष स्थानमा रहेको छ ।
लियोनले पनि १ अंक जोडेको छ ।