काठमाडौँ। इन्ज्युरी समयमा गोन्सालो रामोसले गरेको गोलसँगै शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग १ मा लि हाभ्रेसँग हारबाट जोगिएको छ।
प्रिन्स पार्कमा शनिबार राति सम्पन्न खेलमा घरेलु टोली पीएसजी ३-३ गोलको बराबरीमा रोकिएको हो। खेलको १९औँ मिनेटमा किस्टोफर वर्क्सले गोल गर्दे हाभ्रेलाई शुरूआती अग्रता दिलाएका थिए। उनले इमानुएल सब्बीको पासमा गोल गरे।
२९औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। ३८औँ मिनेटमा एन्ड्रयु आइयुले गोल गर्दा हाभ्रेले २-१ को अग्रतख बनायो।
६१औँ मिनेटमा अब्दुलाये टुरेले पेनाल्टीमा गोल गर्दै हाभ्रेलाई ३-१ को अग्रता दिलाए।
७८औँ मिनेटमा अशरफ हाकिमीले गोल गर्दै पीएसजीलाई ३-२ को अस्थितिमा ल्याए। उनले गोन्सालो रामोसको पासमा गोल गरे। दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा रामोसले गोल गर्दै पीएजीलाई हरबाट जोगाए।
उनले ली काङ इनको पासमा गोल गरेका थिए। बराबरीसँगै पीएसजीको ३१ खेलबाट ७औ अंक पुगेको छ। १५औँ स्थानमा रहेको हाभ्रेको समान खेलबाट २९ अंक रहेको छ।