काठमाडौं । फेरान टोरेस डिसेम्बरको अन्त्यतिरै बार्सिलोना आइसकेका थिए, तर उनी क्लबका आधिकारिक खेलाडी भएका थिएनन् ।
बार्सिलोनाले स्पेनी ला लिगामा उनलाई आफ्नो खेलाडी भने दर्ता पनि गर्न पाएको थिएन् । आर्थिक आचार संहिताको कारण बार्सिलोनाले यस्तो गर्न सकेको थिएन् ।
अझ भन्दा बार्सिलोनाले तोकेको भन्दा बढी तलबको सीमा नाघेर खेलाडीलाई आफ्नो बनाउन सक्दैन थियो ।
अब त्यो रहेन्, भर्खरै टोरेसलाई बार्सिलोनाले आफ्नो खेलाडी भनेर शानले दर्ता गरेको छ । अहिले भएको के थियो त ?
यो प्रश्नको उत्तर पनि उत्तिकै जान्नु पर्ने खालेको छ । यसको उत्तरका दुई मुख्य तत्त्व छन् । सबैभन्दा पहिले त बार्सिलोनाले फिलिपे कोउन्टिन्होलाई ऋणमा एस्टनभिल्ला पठाइदियो ।
त्यसबाट बार्सिलोनाले कोउटिन्होको मोटो पारिश्रमिकको रकम जोगाउन सक्यो । फेरि भर्खरलै बार्सिलोनाले स्यामुएल उमटिटीसँग भर्खरै चार वर्षको नयाँ गरेको छ र त्यस अनुसार यी फ्रान्सेली खेलाडी कम तलब थाप्न तयार भए । यही दुई घटनापछि मात्र बल्ल बार्सिलोनाले टोरेसलाई आफ्नो खेलाडी भनेर भन्न सक्यो ।
यी पछिल्ला घटनाक्रमले बार्सिलोनाका प्रशिक्षक ज्याभी पनि खुसी छन् । टोरेसको उपलब्धतापछि प्रशिक्षकसामु अझ बढी विकल्प भएको छ । फेरि टोरेस जिद्दी जस्तै गरेर बार्सिलोना आएका हुन्, क्याटलान क्लबबाट खेल्न भनेर । टोरेस आफै स्पेनी हुन् । खासमा उनी भ्यालेन्सियाका उत्पादन हुन्, तर बार्सिलोना भनेपछि हुरुक्क हुने खालको ।
–मार्काको सहयोगमा ।