काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन हुवाँ क्वार्डाडो र पाउलो डिबालाले एक एक गोल गरे।
खेलको नवौं मिनेटमा क्वार्डाडोले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।
यस जितसँगै युभेन्ट्सले १६ खेलमा २७ अंक जोडेको छ ।
युभेन्ट्स लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
जिनोआ १० अंक जोडेर १८ औं स्थानमा रहेको छ ।