काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी पराजित भएको छ ।
आइतबार राति भएको खेलमा लेस्टर एस्टन भिल्लासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
एस्टनको मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा लेस्टर पराजित भएको हो ।
खेलको १४ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको १७ औं मिनेटमा इज्री कोन्साले गोल गर्दै एस्टनलाई १-१ गोलको बराबरीमा फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा एस्टनका रामसेले गरेको गोलले मान्यता पाएन ।
त्यसपछि खेलको ५४ औं मिनेटमा कोन्साले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई २-१ को जित दिलाए ।
यस जितसँगै एस्टनले १५ खेलमा १९ अंक जोडेको छ ।
एस्टन लिगको दशौँ स्थानमा रहेको छ ।
लेस्टर १९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।