काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन फ्रेडले निर्णायक गोल गरे ।
खेलको ७७ औं मिनेटमा ग्रीनउडको पासमा फ्रेडले गोल गरेका हुन् ।
अन्तरिम प्रशिक्षक राल्फ राङनिकको पहिलो खेलमै युनाईटेडले जित निकालेको हो ।
ओल गन सोल्सारलाई बर्खास्त गर्दै युनाईटेडले यस सिजनको अन्तिम सम्मका लागि राङनिकलाई अन्तरिम प्रशिक्षक चयन गरेको हो ।
यस जितसँगै युनाईटेडले १५ खेलमा २४ अंक जोडेको छ ।
युनाईटेड छैटौं स्थानमा उक्लिएको छ ।
प्यालेस १६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।