काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड पराजित भएको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिको मालोर्कासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको पराजित भएको हो ।
खेलको ६८ औं मिनेटमा माथ्युएस कुन्हाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८० औं मिनेटमा फ्रान्को रुस्सोले गोल गर्दै मोलार्कालाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको इन्जुरी समयमा ताकेफुसा कुबोले गोल गर्दै मोलार्कालाई २-१ को जित दिलाए ।
यस हारसँगै एट्लेटिकोले शीर्ष दुईमा उक्लने अवसर गुमाएको छ ।
एट्लेटिको २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
मोलार्का १९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।