काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले रोमालाई हराएको छ ।
शनिबार राति भएको खेलमा इन्टरले उसैको मैदानमा रोमालाई ३-० ले हराएको हो ।
इन्टरको जितमा हाकन काल्हानोग्लु, इडेन जेको र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे ।
खेलको १५ औं मिनेटमा हाकनले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
२४ औं मिनेटमा जेकोले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ३९ औं मिनेटमा डेन्जेलले गोल गर्दै इन्टरलाई ३-० को जित दिलाए ।
यस जितसँगै इन्टर दोस्रो स्थानमा उक्लिएको छ ।
इन्टरले १६ खेलमा ३७ अंक जोडेको छ ।
रोमा २५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।