काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले बोरुसिया डर्टमण्डमाथि रोमान्चक जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले १० खेलाडीमा सिमित डर्टमण्डलाई ३-२ गोल अन्तरले हराएको हो ।
डर्टमण्डको मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । किङ्स्ले कोम्यानको नाममा एक गोल रह्यो ।
डर्टमण्डका जुलियन ब्रान्ड र अर्लिङ हालाण्डले एक एक गोल फर्काए ।
खेलमा सुरुआती अग्रता भने डर्टमण्डले बनाएको थियो ।
पाँचौं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ४४ औं मिनेटमा कोम्यानले गोल गर्दा बायर्न २-१ ले अघि रह्यो ।
तर, ४८ औं मिनेटमा हालाण्डले गोल गरेपछि खेल २-२ गोलको बराबरीमा पुग्यो ।
त्यसपछि खेलको ७७ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई ३-२ को जित दिलाए ।
यस्तै खेलको ७८ औं मिनेटमा रोसले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा डर्टमण्ड १० खेलाडीमा समेटिएको थियो।
यस जितसँगै बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
बायर्नले १४ खेलमा ३४ अंक जोडेको छ ।
दोस्रो स्थानको डर्टमण्डको ३० अंक रहेको छ ।