काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोना रियल बेटिससँग १-० गोल अन्तरले पराजित भएको हो ।
बार्सिलोनाले घरेलु मैदानमै हार व्यहोरेको हो ।
क्याम्प नाउमा बेटिसलाई जित दिलाउन जाउन्मीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७९ औं मिनेटमा जाउन्मीले गोल गरे ।
यस जितसँगै बेटिस अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
बेटिसले १६ खेलमा ३० अंक जोडेको छ ।
बार्सिलोना २३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।