काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उद्घाटन खेलमा अहिले सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटो र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेको छ ।
पहिलो हाफमा सातदोबाटोमा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न सकेन ।
फ्रेन्ड्सले सातदोबाटोविरुद्ध कुनै पनि आक्रमण बुन्न सकेन ।