काठमाडौं । बार्सिलोनाका स्ट्राइकर मार्टिन ब्रेथवेटको घुँडाको शल्यक्रिया गरिने भएको छ ।
डेनमार्कका मार्टिनको देब्रे घुँडामा लागेको चोटको शल्यक्रिया गरिने भएको हो ।
मार्टिनले गत अगस्ट २९ मा गेटाफेविरुद्धको खेलमा चोट बोकेका थिए । जुन खेलमा बार्सिलोनाले २-१ को जित निकालेको थियो ।
चोटको शल्यक्रिया गर्ने भएपछि उनी लामै समय मैदान बाहिर रहने भएका छन् ।
३० वर्षीय फरवार्ड अक्टोबरसम्म ठिक हुने बताईएको छ ।
मार्टिनले यस सिजनको सुरुवाती तीन खेल नै खेलेका छन् । जसमा उनले दुई गोल गरिसकेका छन् ।