काठमाडौं । आरबी लाइपजिगमा सात वर्ष बिताएर राल्फ रानगनिचले क्लब छाडे । उनी क्लबका प्रमुख प्रशिक्षक र निर्देशक थिए ।
उनले लाइपजिगमा जुन कार्यक्रम सन् २०१२ देखि २०१९ सम्म लागू गरेका थिए, त्यो अहिले पनि मस्तले अगाडि बढिरहेको छ ।
लाइपजिग सन् २०१६ मा बुन्डेसलिगामा बढुवा भएको थियो, त्यसयता उसका खेलाडीले युरोपेली फुटबलमा ठूल ठूला ट्रान्सफरलाई सम्भव पारेको छ ।
लाइपजिगले नेबी केइटालाई दुई करोड ९७ लाख युरोमा किने र छ करोड युरोमा फेरि लिभरपुलाई बेचे ।
उसले टिमो वार्नरलाई पनि दुई करोड २२ लाख युरोमा स्टुटगार्टबाट किने, अनि चेल्सीलाई पाँच करोड ३० लाख युरोमा बेचे ।
बाक्लै नाफा खान सफल भएको थियो, यी दुई ट्रान्सफरमा लाइपजिग ।
क्लब यो सिजनको विन्डोमा पनि चुपचाप छैन् । उसले अहिलेसम्म डायोट उपामेकानोलाई चार करोड २५ लाख युरोमा बायर्न म्युनिखलाई बेचेको छ ।
यस्तै इब्राहिम कोनाटेलाई चार करोड युरोमा लिभरपुल र मारिस उल्फलाई दुई करोड ५० लाख युरोमा बोरुसिया मुन्छेनग्लाडबाखलाई विक्री गरिसकेको छ ।
यसले लाइपजिगलाई कम्तीमा पनि नौ करोड २० लाख युरो फाइदा भएको छ । यस्तोमा यो सिजन क्लब खेलाडी बेचेर सबैभन्दा बढी कमाउनेमा परेको छ ।
त्यसमध्ये उसले नौ करोड २० लाख युरो नयाँ खेलाडी किन्नमा पनि खर्चेको छ । जस्तो, आन्द्रे सिल्भा, जोस्को गाभारडिल, एन्जेलिनो, मोहम्मद सिमनकन, बेन्जेमान हेनरिच र क्याडेन क्लार्क उसले किनेका नयाँ खेलाडी हुन् ।
यी खेलाडीलाई लाइपजिगले सस्तोमा किनेको छ र अब तय के पनि छ, कुनै दिन उसले यी सबैलाई महँगोमा बेच्नेछ ।
यसरी क्लबमा खेलाडी आउने र जाने क्रम खुबै छ र यो रोकिने कुनै छाँटकाँट पनि छैन् । यस्तोमा लाइपजिगलाई ट्रान्सफरको राजा नभनेर सुख छ र ?
यति मात्र होइन, लाइपजिग त राम्रो व्यापारी पनि ठहरिएको छ ।
– द मार्काको सहयोगमा