काठमाडौं । राष्ट्रिय फुटबल टिमका खेलाडीले 'ए' डिभिजन लिग समयमै सञ्चालन गर्न माग गरेका छन् ।
'ए' डिभिजन लिगलाई लिएर विभिन्न आशंका उत्पन्न भईरहेको समय खेलाडीहरुले स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित मितिमै लिग गर्न अनुरोध गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले असोज ३ गतेबाट 'ए' डिभिजन लिग सुरु हुने जनाएको छ ।
तर, ललितपुरका चार 'ए' डिभिजन क्लबले कोभिडको संक्रमण बढेको भन्दै लिग रोक्न माग गरेका थिए । थ्री स्टार सहित चार क्लबले कोभिड संक्रमणको दर अत्यन्त न्युन भएपछि मात्र लिग सञ्चालन गर्नुपर्ने माग गर्दै एन्फामा ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझाउने ललितपुरको थ्री स्टार सहित जावलाखेल युथ क्लब, ब्रिगेड ब्वाइज र फ्रेन्ड्स क्लब रहेका छन् ।
मुख्य चार क्लबले नै लिग रोक्न माग गरेपछि असोजको पहिलो साता सुरु हुने 'ए' डिभिजन प्रभावित हुने आशंका गरिएको थियो ।
राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले बिहीबार निर्धारित मितिमै लिग सञ्चालन गर्न माग गरेका थिए ।
उनले लिग सबैका लागि महत्वपुर्ण हुने उल्लेख गर्दै फुटबल नहुदा खेलाडीको अन्य विकल्प नहुने बताएका थिए ।
राष्ट्रिय टिमका अर्का खेलाडी भरत खवासले खेलाडी उत्पादनका लागि भएपनि लिग समयमै हुन जरुरी रहेको बताएका छन् । उनले 'ए' डिभिजन लिग नेपाली फुटबलको मेरुदण्ड रहेको उल्लेख गर्दै लिग समयमै गर्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी रहेको बताए ।
‘लिगले व्यवसायीक खेलाडी जन्माउने हुनाले स्वयम खेलाडी र क्लबका लागि लिग आफैमा एक आवश्यक महत्वपुर्ण तत्व हो ।’ उनले भनेका छन् ।
राष्ट्रिय टिमका खेलाडी विशाल राईले सबै मापदण्ड पुरा गरेर भएपनि लिग निर्धारित मितिमै सञ्चालन गर्न जोड दिएका छन् । उनले कोभिडका कारण मिति सार्ने भन्दापनि सबै मापदण्ड पुरा गरेर लिग आयोजनाका लागि अनुरोध गरेका हुन् ।
‘लिगले व्यवसायीक खेलाडी जन्माउने हुनाले पनि स्वयम् खेलाडी र क्लबका लागि लिग आफै एक आवश्यक महत्वपुर्ण तत्व हो ।’ उनले भने ।
'ए' डिभिजन लिग रोक्न चार क्लबको माग