एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा अष्ट्रेलियाको यू-२३ टिमले अर्जेन्टिनाको यू-२३ टिमलाई पराजित गरेको छ ।
बिहीबार भएको खेलमा अष्ट्रेलियाले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अष्ट्रेलियाको जितमा लाक्लन वेल्स र मार्को टिलियोले एक एक गोल गरे ।
खेलको १४ औं मिनेटमा वेल्सले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा अर्जेन्टिना १० खेलाडीमा समेटियो । अर्जेन्टिनाका फ्रान्सिस्को दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि खेलको ८० औं मिनेटमा मार्कोले गोल गर्दै अष्ट्रेलियालाई २-० को जित दिलाए ।
जितसँगै समूह सी को अष्ट्रेलियाले ३ अंक जोडेको छ । अर्जेन्टिनाले भने हारबाट ओलम्पिकको सुरुवात गरेको छ ।