एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा मेक्सिकोको यू-२३ टिमले फ्रान्सको यू-२३ टिमलाई पराजित गरेको छ ।
बिहीबार भएको खेलमा मेक्सिकोले फ्रान्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
समूह 'ए' मा रहेको मेक्सिकोलाई जित दिलाउन एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डोभा,कार्लोस अन्टुना र एड्वार्डो अग्युरेले एक एक गोल गरे ।
फ्रान्सका आन्द्रे पीएरेले एक गोल फर्काए ।
यस्तै समूह 'बी' को न्युजिल्याण्डले दक्षिण कोरियालाई १-० ले पराजित गरेको छ ।
समूह 'सी' को स्पेन र इजिप्टले गोलरहित बराबरी खेलेका छन् ।