एजेन्सी । स्पेनिस ला लिगा क्लब रियल सोसिडाडका फरवार्ड अलेक्जेन्डर इसाकले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
स्विडेनका फरवार्ड इसाकले बिहीबार क्लबसँग नयाँ सम्झौता गरेको सोसिडाडले जनाएको छ ।
नयाँ सम्झौतासँगै इसाक सन् २०२६ सम्म क्लबमा रहने सोसिडाडले जनाएको छ ।
२१ वर्षीय फरवार्ड सन् २०१९ मा बोरुसिया डर्टमण्डबाट स्पेनिस क्लब आएका थिए ।
इसाकले ७१ ला लिगा खेलमा २६ गोल गरिसकेका छन् ।
स्विडेन राष्ट्रिय टोलीका लागि उनले २६ खेलमा ६ गोल गरेका छन् ।
१६ औं संस्करणको युरोकपमा उनले चार खेल खेलेका थिए ।