काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरि २० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नु अघि गरिएको कोरोना परिक्षणमा २० खेलाडी र अफिसियलमा कोरोना पोजेटिभ देखिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे । उनले कोरोना देखिएका खेलाडी र अफिसियल होम आईसोलेसनमा रहेको समेत बताए ।
ठुलो संख्यामा खेलाडी र अफिसियलमा कोरोना संक्रमण देखिएपछि एन्फाले बन्द प्रशिक्षण एक साता स्थगित गरेको छ ।
एन्फाले आज (बिहीबार) बाट टिममा बन्द प्रशिक्षण सुरु हुने बताएको थियो । अब टिमको बन्द प्रशिक्षण जुलाई ७ बाट सुरु हुनेछ ।
एन्फाले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।
बन्द प्रशिक्षणमा परेका खेलाडीहरु :
अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार,दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा,गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का,नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल,रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखि, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ