एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा आर्सनलले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा निकोलस पेपेले दुई गोल गरेपछि आर्सनलले सहज जित निकालेको हो ।
खेलको ४९ औं मिनेटमा निकोलसले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६० औं मिनेटमा निकोलसले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-० को जित दिलाए ।
यस जितसँगै आर्सनलले सिजनको सुखद अन्त्य गरेको छ । तर, यस सिजन आर्सनल आठौं स्थानमा रह्यो ।
आर्सनलले ३८ खेलमा ६१ अंक जोड्यो । ब्राइटन ४१ अंक जोडेर १६ औं स्थानमा रह्यो ।