एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा चेल्सी पराजित भएको छ ।
आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित चेल्सी एस्टन भिल्लासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा खेलको ४३ औं मिनेटमा बेर्ट्राण्ड ट्राओरेले गोल गर्दै एस्टनलाई १-० को अग्रता दिलाएका थिए ।
खेलको ५२ औं मिनेटमा अनवर एल घाजीले पेनाल्टीमा गोल गर्दै एस्टनलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७० औं मिनेटमा बेन चिलविलले एक गोल फर्काए पनि चेल्सी २-१ ले पराजित भयो ।
यस्तै खेलको ८९ औं मिनेटमा सिजरले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
सिजनको अन्तिम खेलमा पराजित भएपनि चेल्सी शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट भएको छ ।
चेल्सीले ३८ खेलमा ६७ अंक जोड्यो । ५५ अंक जोडेको एस्टन ११ औं स्थानमा रह्यो ।
लेष्टर सिटी अन्तिम खेलमा टोटेनहमसँग ४-२ गोल अन्तरले पराजित भएपछि चेल्सीको शीर्ष चार पक्का भएको हो ।
अन्तिम खेलमा पराजित लेष्टर ६६ अंक जोडेर पाँचौं स्थानमा रह्यो ।
टोटेनहमले ६२ अंक जोडेर सातौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।