एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ ।
आइतबार भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा साडियो मानेले दुई गोल गरे ।
घरेलु मैदानमा खेलको ३६ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
यस जितसँगै लिभरपुलले तेस्रो स्थानमा रहेर लिग सकाएको छ । र, लिभरपुल च्याम्पियन्स लिगमा छनोट भएको छ ।
लिभरपुलले यस सिजन ३८ खेलमा ६९ अंक जोड्यो ।
क्रिस्टल भने ४४ अंक जोडेर १४ औं स्थानमा रह्यो ।