एजेन्सी । म्यानचेस्टर युनाईटेडका स्ट्राइकर मार्कुस राषफोर्डले आफुले दुई क्लबका लागि मात्र युनाईटेड छाड्न सक्ने बताएका छन् ।
इंग्लिस स्ट्राइकर राषफोर्डले स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाका लागि मात्र आफुले युनाईटेड छाड्ने बताएका हुन् ।
द गार्जियनसँग कुरा गर्दै राषफोर्डले युनाईटेड पछि आफुलाई रियल र बार्सिलोना मन पर्ने समेत बताएका छन् ।
'युनाईटेड बाहेक म रियल मड्रिड र बार्सिलोनाको प्रशंसक हुँ । किनभने उनीहरूसँग सँधै महान खेलाडी हुन्छन् र उनीहरूले आकर्षक फुटबल खेल्ने गर्छन्,' उनले भने, 'सबैको नजर रियल र बार्सिलोनामा हुने गर्छ ।'
२३ वर्ष स्ट्राइकरको युनाईटेडसँगको सम्झौता २०२३ सम्म रहेको छ ।
यस सिजन राषफोर्डले युनाईटेडका लागि २१ गोल गरेका छन् ।