एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज सिजनको अन्तिम चरणको खेलहरु हुँदैछ ।
सिजनको अन्तिम चरणको खेलमा आज विभिन्न १० खेलहरु हुँदैछ ।
च्याम्पियन म्यानचेस्टर सिटीले सिजनको अन्तिम खेलमा एभर्टनसँग खेल्नेछ ।
सिटीले घरेलु मैदानमा एभर्टनसँग खेल्नेछ ।
शीर्ष स्थानको सिटीले यस सिजन ३७ खेलमा ८३ अंक जोडेको छ । एभर्टन ५९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडले उल्भ्ससँग उसैको मैदानमा खेल्नेछ ।
युनाईटेडले यस सिजन ३७ खेलमा ७१ अंक जोडेको छ । उल्भ्स ४५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
चेल्सीले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दा लिभरपुलले क्रिस्टल प्यालेससँग खेल्नेछ ।
टोटेनहमले लेष्टरसँग खेल्दा आर्सनलले ब्राइटनसँग खेल्नेछ ।
त्यस्तै फुलहमले न्युकासलसँग, लिड्सले वेस्ट ब्रुम, सेफिल्डले बर्नली र वेस्ट ह्यामले साउथह्याम्पटनसँग खेल्नेछ ।