एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्सले सानदार जित निकालेको छ ।
शनिबार भएको खेलमा लिड्सले बर्नलीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
बर्नलीको मैदानमा लिड्सलाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे ।
यस्तै म्याथ्युएज क्लीच र ज्याक ह्यारिसनले एक एक गोल गरे ।
खेलको ४४ औं मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।
६० औं मिनेटमा ह्यारिसनले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
खेलको ७७ औं मिनेटमा रोड्रिगोले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै लिड्सलाई ४-० को जित दिलाए ।
जितसँगै लिड्सले ३६ खेलमा ५३ अंक जोडेको छ । लिड्स लिगको दशौँ स्थानमा रहेको छ ।
बर्नली ३९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।