एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा रियलले ग्रानडालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
रियललाई जित दिलाउन लुका मोड्रिच, रोड्रिगो,अल्भारो ओड्रीओजोलो र करिम बेन्जिमाले एक एक गोल गरे ।
ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा रोड्रिगोले गोल गर्दा रियलको अग्रता २-० को बन्यो ।
७१ औं मिनेटमा जोर्गेले गोल गर्दै ग्रानडालाई २-१ को स्थितिमा ल्याए ।
७५ औं मिनेटमा अल्भारोले गोल गर्दै टिमको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।
यस जितसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । र, रियलले उपाधि होड जिवितै राखेको छ ।
रियलले ३६ खेलमा ७८ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ८० अंक रहेको छ ।
ग्रानडा ४५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।