एजेन्सी । म्यानचेस्टर युनाईटेडका पूर्व कप्तान तथा विंगर एन्टोनियो भ्यालेन्सियाले फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
इक्वेडरका विंगर भ्यालेन्सियाले ३५ वर्षको उमेरमा खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
भ्यालेन्सियाले बुधबार एक विज्ञप्ति जारी गर्दै फुटबलबाट सन्यास घोषणा हुन् ।
भ्यालेन्सियाले युनाईटेडबाट सन् २००९ देखि १९ सम्म खेलेका थिए ।
युनाईटेडमा रहदा उनले ३ सय ३९ खेल खेलेका थिए ।
युनाईटेडबाट उनले २ प्रिमियर लिग, २ लिग कप,३ कम्युनिटी शिल्ड र एक एक पटक युरोपा लिग र एफए कप जितेका थिए ।
भ्यालेन्सियाले युनाईटेड बाहेक विगान एथ्लेटिक, भिल्ला रियल लगायतका क्लबबाट समेत खेलेका थिए ।
इक्वेडरका लागि ९८ खेलमा उनले ११ गोल गरेका थिए ।