काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो प्लेअफमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो प्लेअफ खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै इलिमिनेटरमा काठमाडौं रेजर्ससँगको भेट पक्का गर्न चाहन्छ ।
पहिलो प्लेअफमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फर्म्याट अनुसार काठमाडौंले इलिमिनेटर खेल्ने मौका पाएको हो ।
लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका हुन् ।
यस खेलको विजेताले फाइनल प्रवेशका लागि इलिमिनेटरमा काठमाडौंसँग खेल्नेछ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।
खेलमा लागि ललितपुर र बुटवलले सुरुवाती-११ सार्वजनिक गरेका छन् ।
ललितपुर अन्जन विष्टको कप्तानीमा रहेका छन् । बुटवलको कप्तानी विराज महर्जनले गरेका छन् ।
ललितपुर सुरुवाती ११ : अन्जन विष्ट, एरिक विष्ट,अर्पण कार्की,कमल श्रेष्ठ, प्रवेश कुँवर,नुर्लान जाहिद,पिटर सेगुन,मिक्छेन तामाङ, डोना थापा,विमल राना, पाल्साङ लामा
बुटवल सुरुवाती ११ : विशाल श्रेष्ठ, लक्ष्मण रुचाल,आशिष लामा, विराज महर्जन, विलियम ओपोकु, ओमोलाजा करिम,सुमन लामा,रबी थापा मगर, अभिषेक रिजाल, चेतन कुमार थारु, जया गुरुङ