काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को पहिलो प्लेअफमा अहिले काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हफा सकिदा काठमाडौं र धनगढीले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा धनगढीविरुद्ध काठमाडौंले आक्रमक खेल पस्किएको थियो । तर, गोल गर्न चुकेको थियो ।
खेलको १६ औं मिनेटमा काठमाडौंका मेसौके ओलोमोउले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोस्ट बारमा लाग्दै फर्किएको थियो । धनगढीका गोलकिपर किरण चेम्जोङ अगाडी बढेको अवस्थामा मेसौकेले चलाखीपूर्ण तरिकाले प्रहार गरेका थिए ।
खेलको ३७ औं मिनेटमा सुदिल राईको पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल धनगढीका गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे ।
धनगढीले भने उत्कृष्ट अवसर सिर्जना गर्न सकेन ।
आज दुबै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेका छन् ।
काठमाडौं शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको हो । यस्तै धनगढी दोस्रो स्थानमा रहेर प्ले अफ पुगेको हो ।
यस खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्नेछ ।
इलिमिनेटरमा ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीच हुने दोस्रो प्ले अफको विजेताले खेल्ने छ ।