काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ले तेस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका थिए।
वेस्ट इन्डिजले तेस्रो विकेटको रूपमा ओपनर एलिक एथानाजलाई गुमाएको हो। उनले २५ बलमा ५ चौका र ३ छक्कासहित ४७ रन प्रहार गरे।
उनी रोहितको बलमा ललितनारायण राजवंशीबाट क्याच आउट भएका थिए।