काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा ५० गोल पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले जारी काठमाडौं रेजर्स र एफसी चितवनबीचको खेलमा ३ गोल भएसँगै प्रतियोगितामा ५० गोल पूरा भएको हो ।
लिग चरणको अन्तिम खेलमा ५० गोल पूरा भएको हो ।
चितवनका राजिब लोप्चनले काठमाडौंविरुद्ध गरेको गोल प्रतियोगिताको ५० औं गोल हो । उनले ४० औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि १७ औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै ३३ औं मिनेटमा संजोक राईले गोल गर्दै काठमाडौंलाई २-० को अग्रता दिलाएका थिए ।
तर, राजिबले गोल गर्दै चितवनलाई २-१ को स्थितिमा ल्याएका छन् ।