काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा पोखरा थण्डर्सलाई १-० गोल अन्तरले पराजित गर्दै धनगढी प्लेअफमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे ।
जितपछि धनगढीका नाइजेरियाली तोपे फुजा खुसी देखिए । उनले पहिलो खेल गुमाएपनि योजना अनुसार खेल्दा सफल भएको बताए ।
'यस खेल कठिन खेल थियो । टिममा चोटले सताएको थियो । हामीले पहिलो खेल गुमाएका थियौं। तर, त्यसपछिका खेल गुमाउनु हुन्न भन्ने थियो । हामीले त्यहिँ अनुसार खेलेका छौ र सफल पनि भएका छौँ,' उनले भने ।
यस्तै प्रशिक्षक फुजाले ओलावालेको चोट गम्भीर प्रकृतिको देखिएको बताए ।
'ओलावालेको चोट गम्भीर जस्तो देखिएको छ । अब फिजियोले के भन्नु हुन्छ । हामी अर्को खेलमा त्यहिँ अनुसार अगाडी बढ्ने छौँ,' उनले थपे ।
हेर्नुस भिडियाे :