काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा झापा फुटबल क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा झापाले सामाजिक युवा क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
झापाको जितमा गणेश हेम्रुन र मौसम सुब्बाले एक एक गोल गरे ।
खेलको ४६ औं मिनेटमा गणेशले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा मौसमले गोल गर्दै झापालाई २-० को जित दिलाए ।
सुपर सिक्स अन्तर्गत नै पहिलो खेलमा चर्च ब्वाइजले खालीबारी युवा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।
सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
प्ले अफमा सानोगौचरण युथ क्लब र सानेपा क्लबले खेल्ने छन् ।
यस प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।