एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले एक गोल गरे । एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।
खेलको ३१ औं मिनेटमा बेन गडफ्रीको आत्मघाती गोलबाट चेल्सीले अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ६७ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-० को सहज जित दिलाए ।
एभर्टनका गोलकिपर पिक्फोर्डले काइ हाभर्ट्जलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो ।
जसमा जोर्गिन्हो चुकेनन् ।
यस जितसँगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ ।
चेल्सीले २८ खेलमा ५० अंक जोडेको छ ।
एभर्टन ४६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।