एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व विंगर नानीले मिडफिल्डर पोग्बाले सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।
नानीले पोग्बा क्लबका मुख्य खेलाडी भएको बताउदै उनले खेलमा थप सुधार गर्नुपर्ने बताए ।
‘यो क्षणमा मैले देखेको छु उनी युनाइटेडका एक मुख्य खेलाडी हुन् । यदि उ क्लबमा रहन चाहन्छ भने उसले चाडै आफ्नो प्रर्दशनलाई उत्कृष्ट बनाउनुपर्छ,' नानीले भने, 'उनले आफ्नो खेल र आत्मविश्वासलाई सुधार गर्नु पर्दछ । टिमलाई सकेसम्म सहयोग गर्ने कोशिस गर्नुपर्छ ।’
यस्तै उनले पोग्बाको दिमागमा के चलिरहेको छ भन्ने कुरा थाहा नभएकौ बताए ।
‘तर मलाई थाहा छैन उसको दिमागमा के चलिरहेको छ यदि उ जान चाहन्छ वा उसलाई यो सबै कुराले टाउको दुखेको छ । मलाई थाहा छैन उसको एकाग्रता टिममा, खेलमा र टिमकोलागि गोल गर्नेमा छ कि छैन,’ उनले भने, ‘मैले उसलाई केही चोट लाग्दा संघर्ष गरिरहेको र त्यसपछि उ खेलमा फर्कियो र खेल्न थाल्यो, उसले आफ्नो प्रर्दशन पनि सुधार गरेको थियो । उसले राम्रो गरिरहेको थियो ।’
नानीले पोग्बासँग अहिलेको भन्दा धेरै राम्रो गर्न सक्ने क्षमता रहेको बताए ।
‘उसले टिमलाई सहयोग गरेको थियो तर हामीलाई थाहा छ पोग्बाले त्योभन्दा बढी राम्रो गर्न सक्छ, उसले अझै राम्रो गर्न सक्छ किनकि उ आफ्नो स्थानमा उत्कृष्ट खेलाडी हो । उसले आफ्नो क्षमता र गुणह?लाई प्रयोग गरेको छैन,’ नानीले भने ।
२७ वर्षीय पोग्बाले यस सिजन ४ गोल र ३ गोलको असिस्ट गरेका छन् ।