सुर्खेत । वडा नम्बर-१० ले बीरेन्द्रनगर मेयरकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
सुर्खेत रंगशालामा बुधबार भएको पहिलो खेलमा १० नम्बर वडाले ३ नम्बर वडालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४८ औं मिनेटमा वडा नम्बर-१० का शुशिल राजकोटीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
लक्ष्मण शाहीले ५१ औं मिनेटमा गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ५९ औं मिनेटमा वडा नम्बर ३ का अनिल शाहले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
तर, खेलको ६० औं मिनेटमा रिगल गाहामगरले गोल गर्दै वडा नम्बर १० लाई ३-१ को जित दिलाए ।
खेलमा वडा नम्बर १० का विक्रम वली म्यान अफ द म्याच घोषित भए ।
महिलातर्फको उपमेयर कपमा वडा नम्बर ३ ले जित हात पारेको छ ।
वडा नम्बर ४ लाई २-० ले हराएर वडा-३ ले सुखद सुरुवात गरेको हो ।
प्रतियोगिताकाे विजेताले ३३ हजार ३ सय ३३ प्राप्त गर्दा उपविजेताले २२ हजार २ सय २२ रुपैयाँ पाउने छन् ।