एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका कप्तान लुका मिलिभोजेभिकले माफी मागेका छन् ।
कोरोना भाईरसको नियम उलंघन गर्दै नयाँ वर्षको पार्टीमा उपस्थित भएका कप्तान लुकाले माफी मागेका हुन् ।
२९ वर्षीय सर्वियन मिडफिल्डर ७ बढी मानिस सहभागिता रहेको पार्टीमा सामेल भएका थिए ।
लण्डनमा भएको उक्त पार्टीको फोटो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए ।
'न्यु इयर इभमा मैले गरेको कार्यमा म सार्वजनिक रुपमा माफी माग्न चाहन्छु,' कप्तान लुकाले भनेका छन् ।
पछिल्लो समय इंग्ल्यान्डका नयाँ स्वरूपमा लकडाउन रहेको छ ।
सरकारले फरक फरक स्थानमा फरक तरिकाको प्रतिबन्ध गरेको छ ।
पछिल्लो हप्ता प्रिमियर लिगका खेलाडी र स्टाफ गरी ४० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
खेलाडी र स्टाफमा कोरोना देखिएपछि प्रिमियर लिगका ३ खेल समेत स्थगित भएको थियो ।