एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले शानदार जित निकालेको छ ।
आइतबार भएको खेलमा क्रिस्टलले वेस्ट ब्रुममाथि ५-१ गोल अन्तरको जित निकालेको हो ।
वेस्ट ब्रुमको मैदानमा क्रिस्टललाई जित दिलाउन विल्फ्रिड जाहा र क्रिस्टियन बेन्टेकेले दुई दुई गोल गरे ।
क्रिस्टलले एक गोल आत्मघाती उपहार पाएको थियो भने वेस्ट ब्रुमका कोनोरले एक गोल फर्काए ।
खेलको आठौं मिनेटमा डर्नेल फुर्लोङको आत्मघाती गोलबाट क्रिस्टलले अग्रता बनाएको थियो ।
तर, खेलको ३० औं मिनेट कोनोरले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए ।
३४ औं मिनेटमा माथ्युस पेरीयराले रातो कार्ड पाएपछि वेस्ट ब्रुम पहिलो हाफमै १० खेलाडीमा समेटियो ।
जसको फाइदा क्रिस्टलले लियो।
खेलको ५५ औं मिनेटमा जाहाले गोल गर्दै क्रिस्टललाई २-१ को अग्रता दिलाए ।
५९ औं मिनेटमा बेन्टेकेले गोल गर्दा क्रिस्टलको अग्रता ३-१ को बन्यो ।
खेलको ६८ औं मिनेटमा जाहाले व्यक्तिगत दोस्रो गोल गर्दा क्रिस्टल ४-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८२ औं मिनेटमा बेन्टेकेले व्यक्तिगत दोस्रो गोल गर्दै क्रिस्टललाई ५-१ को जित दिलाए ।
यससँगै क्रिस्टलले पहिलो पटक अवे खेलमा ५ गोल गरेको छ ।
जितसँगै क्रिस्टलले ११ खेलमा १६ अंक जोडेको छ ।
क्रिस्टल ११ औं स्थानमा समेत रहेको छ ।
वेस्ट ब्रुम ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।