एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज (बुधबार) इंग्लिस क्लब चेल्सीले रसियन क्लब एफसी क्रास्नोडारसँग खेल्दैछ ।
चेल्सीले क्रास्नोडारसँग उसैको मैदानमा खेल्नेछ । चेल्सी र क्रास्नोडारबीचको खेल नेपाली समय अनुसार राति ११:४० बजे सुरु हुनेछ ।
क्रास्नोडारविरुद्ध मैदान उत्रदा चेल्सी पहिलो जितको खोजीमा हुनेछ । समूह 'इ' को चेल्सी १ अंक जोडेर पुछारमा रहेको छ ।
चेल्सीले पहिलो खेलमा स्पेनिस क्लब सेभियासँग गोलरहित बराबरी खेलेको थियो ।
क्रास्नोडार पनि पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । क्रास्नोडार १ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा क्रास्नोडारले रेनससँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको थियो ।
यसै समूहको अर्को खेलमा सेभिया र रेनसबीच खेल हुनेछ ।
यस्तै समूह 'एफ' को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले रसियन क्लब जेनिट सेन्ट पिटर्सबर्गसँग खेल्नेछ ।
घरेलु मैदानमा डर्टमण्ड पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । डर्टमण्ड पहिलो खेलमा लाजियोसँग ३-१ ले पराजित भएको थियो ।
यसै समूहको अर्को खेलमा क्लब ब्रुगले लाजियोसँग खेल्नेछ ।