एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरणमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब मार्सेलीलाई ३-० गोल अन्तरले पराजित गर्दै सिटीले लगातार दोस्रो जित निकालेको हो ।
मार्सेलीको मैदानमा सिटीलाई जित दिलाउन फेरान टोरेस, इल्के गुण्डोगान र रहिम स्ट्रर्लिङले एक एक गोल गरे ।
फ्रेन्च क्लबविरुद्ध सिटीले १८ औं मिनेटमा टोरेसको गोलबाट अग्रता बनाएको थियो ।
७६ औं मिनेटमा गुण्डोगानले गोल गर्दै सिटीको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ३-० को जित दिलाए ।
जितसँगै समूह 'सी' को सिटीले २ खेलमा ६ अंक जोडेको छ ।
पहिलो खेलमा सिटीले पोर्टोलाई ३-१ ले हराएको थियो ।
लगातार दुई खेल गुमाएको मार्सेली अंक विहीन रहदै समुहको पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा पोर्टोले ओलम्पियाकोसलाई २-० ले हराएको छ ।
दोस्रो स्थानको पोर्टोले २ खेलमा ३ अंक जोडेको छ । ओलम्पियाकोसले पनि ३ अंक जोडेको छ ।