एजेन्सी । म्याचेष्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुइनीले प्रोफेसनल फुटबलर्स एसोसियसन पुरुष बर्ष खेलाडीको अवार्ड जितेका छन् ।
२९ बर्षका बु्रइनीले सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले सो अवार्डका लागि सहयोग गरेको बताए । प्रशिक्षक ग्वार्डीओलाको प्रशंसा गर्दै ब्रुइनीले भने, ‘उनले मलाई म हुन दिएका छन् ।’
बेथ इङ्ल्याण्डले महिला बर्ष खेलाडीको अवार्ड हात पारिन् । उनले चेल्सीलाई वुमन्स सुपर लिग र लिग कपको उपाधि जिताउन मदत गरेकी थिइन् ।
लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले पुरुषतर्फको युवा बर्ष खेलाडीको अवार्ड थापे ।
जोर्डन हेन्डरसन सहित लिरभपुलका ५ खेलाडी प्रिमियर लिगको बर्ष टिममा पर्न सफल भए ।
म्यान्चेष्टर युनाइटेड र इङ्ल्याण्डका फरवार्ड मार्कुस रासफोर्डले पीएफए मेरिट अवार्ड हत पारे ।
डी ब्रुइनीले गत बर्षका विजेता भर्जिल भान डीजिक, अलेक्जेन्डर अर्नोल्ड, साडियो माने, हेन्डरसन र क्लबका सहकर्मी रहिम स्टर्लिङलाई पछि पारे ।
उनी सन् १९७३–७४ पछि सो अवार्ड जित्ने सिटीका पहिलो खेलाडी बने ।
‘यो निकै सम्मानको कुरा हो ।’ उनले भने, ‘आफ्ना सहकर्मीको भोट, अन्य प्रतिद्धन्दी टिमका खेलाडी, जसले तपाईलाई सर्वोकृष्ट खेलाडीको रुपमा भोट दिन्छन् । यो आश्चार्यजनक छ ।’
प्रशिक्षक ग्वार्डीओलाको प्रशंसा गर्दै उनले भने, ‘उनले मलाई पर्याप्त स्वतन्त्रता दिएका छन् । मलाई थाहा छैन किन । तर हामी बीच यही चलेको छ ।’
‘उनले मलाई चिनेका छन्, म सधै टिमलाई पहिलो प्राथमिकतामा राख्छु । र यदी म आफुलाई मदत गर्न सक्छु भने त्यो गर्न अघि बढ्छु । उनी पुरा रुपमा मेरो भरोसा गर्छन् ।’ उनले थपे ।
लगातार तेस्रो बर्ष प्रिमियर लिग नजितेको टिमका सदस्यले पुरुषतर्फ बर्ष खेलाडीको अवार्ड प्राप्त गरेका हुन् ।
लिभरपुलका भान डीजिक र मोहमद सालाह पछिल्ला दुई बर्षका विजेता थिए ।
डी ब्रुइनलेले गत बर्ष २० गोलको अवसर सिर्जना गर्नुका साथै १३ गोल गरेका थिए ।