एजेन्सी । कोरोना भाईरसको महामारीपछि क्लबमा देखिएको वित्तीय संकटलाई कम गर्न इंग्लिस क्लब टोटनहमले १ सय ७५ मिलियन पाउण्ड ऋण लिएको छ ।
प्रिमियर लिग क्लब टोटनहमले बैंक अफ इंग्ल्यान्डबाट १ सय ७५ मिलियन ऋण लिएको हो ।
टोटनहमले बैंकको कोभिड कर्पोरेट वित्तपोषण सुविधा अन्तर्गत रहेर ऋण लिएको बताईएको छ । जसको ब्याजदर ०.५ प्रतिशत रहेको छ ।
चीनबाट फैलिएको कोरोना भाईरसको कारण विश्व खेलकुद ठप्प रहेको छ । जसको कारण क्लबहरुले वित्तीय संकट भोगिरहेको छ ।
विश्वकै सर्वाधिक लोकप्रिय लिग प्रिमियर लिग कोरोनाको कारण मार्चबाट स्थगित गरिएको छ ।
प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ । यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ ।
लिग सुचारु भएपनि बन्द रंगशालामा खेल हुनेछ । जसको कारण टोटनहमले बाँकी खेलमा २ सय मिलियन पाउण्ड गुमाउने अनुमान गरिएको छ ।
टोटनहमको घरेलु मैदानमा ६३ हजार बढी दर्शक क्षमता रहेको छ ।