काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व फरवार्ड अनु लामा सशत्र प्रहरी बल एपीएफको हवल्दार पदमा बढुवा भएकी छिन् ।
यस अघि एपीएफको सहायक हवल्दार रहेकी फरवार्ड अनु बिहिबार हवल्दारमा बढुवा भएकी हुन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको महिला कमिटिले अनु हवल्दारमा बढुवा भएको जनाएको छ । अनुले बिहिबार दर्जान्ही चिन्ह प्राप्त गरेकी थिइन् ।
राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरिसकेकी अनु विभागीय टिम एपीएफबाट व्यवसायिक फुटबल खेल्दै आईरहेकी छिन् ।
अनु २०६३ सालमा एपिएफमा आबद्ध भएकी थिइन् ।
राष्ट्रिय टोलीबाट २४ खेल खेलेकी अनुले ३५ गोल गरेकी छिन् । अनु नेपालका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन् ।
अनु भन्दा बढी सावित्रा भण्डारीले ३८ गोल गरेकी छिन् ।