एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज (मंगलबार) दुई उपाधि दाबेदार क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
लिग लिडर बायर्न र दोस्रो स्थानको डर्टमण्डबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
डर्टमण्डको मैदानमा हुने बहुचर्चित खेलले उपाधि भिडन्तमा निर्णायक भूमिका खेल्ने अनुमान लगाईएको छ ।
कोरोना भाईरसको महामारीको बीच सुचारु लिगमा दुई टोलीबीचको अंक दुरी मात्र ४ अंकको रहेको छ ।
लिग लिडर बायर्नको २७ खेलबाट ६१ अंक रहेको छ । डर्टमण्डको ५७ अंक रहेको छ ।
लिग सुचारुपछि दुवै टोलीले जितलाई निरन्तरता दिईरहेका छन् । दुवै टोलीले लगातार दुई जित दर्ता गरिसकेका छन् ।
त्यसैले यस खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
डर्टमण्डको मैदानमा बायर्न जित निकाल्दै अग्रता थप फराकिलो बनाउन चाहन्छ । तर, निकै लयमा रहेको डर्टमण्डविरुद्ध जित निकाल्न बायर्नलाई कठिन चुनौती देखिएको छ ।
यता, उपाधिमा आफ्नो दाबी कायम राख्न डर्टमण्डलाई घरेलु मैदानमा जित अनिवार्य रहेको छ । घरेलु मैदानको जितले डर्टमण्डले लिग लिडरसँगको अंक दुरी १ मा झार्ने छ ।