एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) अन्तिम १६ अन्तर्गतको पहिलो लेगका दुई खेल हुँदैछ ।
इन्ग्लिश क्लब टोटनहम हट्स्परले घरेलु मैदानमा जर्मन क्लब आरबी लिपजिगको सामना गर्नेछ । खेल राति १:४५ बजे सुरु हुनेछ ।
जोसे मोरिन्होको नेतृत्वमा टोटनहम घरेलु मैदानमा जित निकाल्दै क्वाटरफाइनल नजिक पुग्न चाहन्छ । तर, बलियो टिम लिपजिगविरुद्ध जित निकाल्न टोटनहमलाई कठिन भने हुनेछ ।
बुन्डेस लिगामा उत्कृष्ट खेलिरहेको लिपजिग पनि टोटनहमलाई स्तब्ध बनाएर घरेलु भूमिमा हुने दोस्रो लेग सहज बनाउन चाहन्छ ।
यस्तै अर्को खेलमा एट्लान्टा र भ्यालेन्सियाबीच खेल हुनेछ । सान सिरोमा हुने खेल राति १:४५ बजे नै सुरु हुनेछ ।
दुवै टिम जित निकाल्दै अघिल्लो चरणको यात्रा सहज बनाउन चाहन्छ ।