एजेन्सी । इन्ग्लिश प्रिमियर लिग अन्तर्गत बुधबार राति एक खेल हुँदैछ ।
साविक विजेता म्यानचेस्टर सिटी र वेष्ट ह्याम युनाइटेडबीच बुधबार प्रतिस्पर्धा हुनेछ । सिटीको घरेलु मैदानमा हुने खेल राति १:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा सिटी सहज जित निकाल्दै शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।
लिगको दोस्रो स्थानमा रहेको सिटीले २५ खेलमा ५१ अंक जोडेको छ । सिटी लिग लिडर लिभरपुल भन्दा २५ अंकले पछि रहेको छ । लिभरपुलको ७६ अंक रहेको छ ।
यता, वेष्ट ह्याम घरेलु टोलीविरुद्ध अप्रत्यासित नजिता निकाल्न चाहन्छ । जित निकाल्दै वेष्ट ह्याम रेलिगेसन जोनबाट माथि उक्लन चाहन्छ ।
लिगको १८ औं स्थानमा रहेको वेष्ट ह्याम १८ औं स्थानमा रहेको छ ।