एजेन्सी । इन्ग्लिश क्लब वुल्भ्सले सन् २०१८/१९ को सिजन कीर्तिमानी रकम नाफा कमाएको छ ।
वुल्भ्सले सार्वजनिक गरेको आय व्यय अनुसार क्लबले हालसम्मकै धेरै २१.६४ मिलियन पाउण्ड नाफा कमाएको हो ।
प्रिमियर लिगमा फर्किएको पहिलो सिजन नै वुल्भ्स नाफामा गएको हो ।
सन् २०१८/१९ को सिजन वुल्भ्स सातौं स्थानमा रहेको थियो । सन् १९८० वर्षपछि वुल्भ्सले पहिलो पटक युरोपा लिग खेलेको थियो ।
यस सिजन वुल्भ्स लिगको आठौं स्थानमा रहेको छ ।