एजेन्सी । युएईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलहरु आज (मंगलबार) बाट सुरु हुँदैछ ।
लिग अन्तर्गत मंगलबार राति अन्तिम १६ को पहिलो लेगका दुई खेल हुँदैछ । इन्ग्लिश क्लब लिभरपुल र स्पेनिस क्लब एट्लेटिको मड्रिड तथा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बोरुसिया डर्टमण्डबीच खेल हुनेछ ।
साविक विजेता समेत रहेको लिभरपुलले एट्लेटिकोको भ्रमण गर्दैछ । खेल राति १:४५ बजे सुरु हुनेछ ।
प्रिमियर लिग लिडर समेत रहेको लिभरपुल घरेलु टोलीलाई हराउँदै क्वाटरफाइनल नजिक पुग्ने चाहन्छ । तर, घरेलु टोलीलाई हराउँन लिभरपुललाई चुनौती भने रहको छ ।
घरेलु टिम पनि लिभरपुलको भ्रमणअघि क्वाटरफाइनल नजिक पुग्न चाहन्छ ।
यस्तै डर्टमण्ड र पीएसजीबीचको खेल समेत राति १:४५ बजे सुरु हुनेछ । खेल डर्टमण्डको मैदानमा हुनेछ ।
फ्रेन्च लिग लिडर पीएसजी डर्टमण्डलाई हराएर च्याम्पियन्स लिगको अर्को चरण नजिक पुग्न चाहन्छ । यता, डर्टमण्ड भने घरेलु मैदानमा पीएसजीलाई हार चखाउन चाहन्छ । युवा फरवार्ड होलाण्ड भित्रिएपछि डर्टमण्ड निकै लयमा समेत रहेको छ ।